१ अक्टोबर: कालेबुङ : निम्न गुणस्तर रहेको राशिनको आँटा पाहाडको गरीब जन्तालाई वितरण भईरहेको छ” तारा सुन्दास ।
जन्ताको अधिकारको निम्ति आवाज बनीदिदै यसपटक मा. क. पा नेता तारा सुन्दासले राशिनको आँटा निम्न गुणस्तर रहेको बताएका छन्, गरिब जनसाधारणले सास अढ्याउनको निम्ति मात्रै यो आँटा खानुपरेको छ भन्छन् सुन्दास । खराब गुणस्तर भएको आँटा वितरण गर्नु बन्द गर्नुपर्ने भनेर पटकपटक आवाज उठेपनि यो रोकिए छैन । पश्चिम बंगाल सरकारको अब उसो दशै तिहार अघि वितरण हुने राशिनमा खानेतेल मैदा अनि चिनी पनि वितरण गरिनुपर्ने हो भनेर उनलेे बताए। केन्द्र सरकारले लागू गरेको प्रधानमन्त्री गरीब कल्याण अन्न योजना अंतरगत मुफ्त राशिन किन वितरण नभएको भनेर प्रश्न गरेका हन् । मट्टीतेलको अनियमितता बिषयमा पनि उनले प्रश्न उठाए यश बिषयमा आर.टी.आई गर्दा पनि छन् उत्तर नपाएको भनेर बताउँछन् , कलकत्ताबाट पास भएर आएता पनि यहाँ पुग्न नसकेको भन्छन् उनी । हामीले गरेको यो लडाइँ हुँदा खाने गरीब जन्ताहरुको निम्ति गरेको भनेर बताए, चाडपर्वको बेला पाईने सबै राशिनहरु जन्ताहरुले सचेत भएर खोजी गर्नुपर्ने हो भनेर बताएको छन्। पहाडको जन्ताहरु सचेत बनेर आफ्नो अधिकारको निम्ति आवाज उठाउनुहोस् भनेर आग्रह गरेका छन् ।